माओवादी अध्यक्ष द्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

अविरल वर्षा, बाढी पहिरो र त्यस बाट उत्पन्न परिस्थिति बारे छलफल गर्न अध्यक्ष दाहालले सर्वदलीय बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ । 

सिंहदरबार स्थित पार्टीको संसदीय दलको कार्यालयमा बिहान १० बजे बैठक बस्नेछ । 

रासस

प्रतिक्रिया