बाढी पहिरोमा परी देशभर एक सय जनाको मृत्यु, कुन जिल्लामा कति ?

काठमाडौं ।  बाढी पहिरो र डुबानमा परी हाल सम्म एक सय जना जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एक जना घाइते भएका छन् । 

बाढी पहिरोमा परी ललितपुरमा २० जना, धादिङमा १५ जना, काठमाडौंमा १२ जना, काभ्रेमा १० जना, मकवानपुरमा ७ जना, सिन्धुपाल्चोकमा ६ जना, सोलुखुम्बुमा ५ जना, पाँचथरमा ५ जना, भक्तपुरमा ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा  ३ जना, सिन्धुलीमा २ जना, धनकुटामा २ जना, महोत्तरीमा २ जना, रामेछापमा १ जना, झापामा १ जना, उदयपुरमा १ जना, इलाममा १ जना, सप्तरीमा १जना र नुवाकोटमा १ जनाको मृत्यु भएको छ ।

बाढी पहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि ९ हजार ९ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हाल सम्म ३ हजार ३९ जनाको उद्धार गरिएको उनले बताए । 
रासस 

प्रतिक्रिया