बाढी हेर्न खोलामा जाँदा २ जनालाई बगायो

महोत्तरी । बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । 

सोनी खोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

सोनी खोलाको बाढी हेर्न गएका साह बाढी सँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए । 

यसैबीच, सोनी खोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ । रोहित साह सँगै उनी पनि बाढी हेर्न गएकी थिइन् । 
रासस 

प्रतिक्रिया