टी–२० सिरिजको पहिलो खेलमा नेपाल क्यानडा सँग पराजित

काठमाडौं ।  टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडा सँग पराजित भएको छ । 

नेपाल क्यानडा सँग १४ रनले पराजित भएको हो । क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २३ रन बनायो ।

एक सय २४ रनको  लक्ष्य पछ्याएको नेपालले १९ ओभर खेल्दै सबै विकेट गुमाएर एक सय नौ रन मात्र बनाउन सक्यो । ब्याटिङ गर्ने क्रममा नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ३९ बलमा दुई चौका र दुई छक्कासहित ३७ रन बनाए । यस्तै, कुशल मल्लले १२, देव खनालले ११ तथा सन्दीप लामिछानेले १० रन बनाए ।

बलिङतर्फ क्यानडाका कलिम सानाले चार विकेट लिए । यस्तै, साद बिन जाफरले तीन तथा प्रविन कुमार र अखिल कुमारले एक एक विकेट लिए ।

त्यस अघि पहिला ब्याटिङ गर्दै क्यानडाका लागि साद बिन जाफरले १८ बलमा तीन चौका सहित २३ रन बनाए । यस्तै, श्रेयस मोभ्भाले २२, प्रविन कुमारले १९, नवनित धालिवालले १४ तथा अखिल कुमारले १४ रन बनाए । 

बलिङतर्फ नेपालका सन्दीप लामिछाने र सोमपाल कामीले तीन तीन तथा दीपेन्द्रसिंह ऐरी र रिजन ढकालले एक एक विकेट लिए । नेपालले दोस्रो खेल अब आइतबार राति ओमान सँग खेल्नेछ ।

प्रतिक्रिया