बाढी पहिरो बाट देशभर ९९ जनाको मृत्यु, ७२ जना बेपत्ता

काठमाडौ । भारी वर्षा पछि आएको बाढी, पहिरो र डुबान बाट अहिले सम्म ९९ जनाको मृत्यु भएको छ । विपद्मा परी हाल सम्म ७२ जना बेपत्ता भएका छन् भने एक सय जना घाइते भएका छन् ।  

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ । काठमाडौंमा २५जना, भक्तपुरमा पाँच जना र ललितपुरमा १८ जनाको मृत्यु भएको हो।  

शनिबार राति सम्म मकवानपुर, सिन्धुली र काभ्रेपलाञ्चोकमा गरी ६८ जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिए । उद्धार गरिएका मध्ये मकवानपुरका ३३ जना, सिन्धुलीका ३३ तथा काभ्रेपलाञ्चोकका दुई जना रहेका छन् । 
रासस

प्रतिक्रिया