टक्सार महाशाखामा पुर्‍याइयो विमानस्थलबाट बरामद गरिएको सुन

बुधबार समातिएको झन्डै एक क्विन्टल बराबरको तस्करीको सुन बिहीबार टक्सार महाशाखा लगिएको छ । कडा सुरक्षाकाबीच राजश्व अनुसन्धान विभागको टोलीले सुनलाई टक्सार महाशाखा लगेको हो । आठ वटा बाकसमा रहेको उक्त सुनलाई महाशाखामा तौल गरिनेछ ।  बुधबार हङकङबाट ‘ब्रेक शू’ मा लुकाएर ल्याएको सुन भन्सार जाँचपछि बाहिरिने क्रममा विभागले नियन्त्रणमा लिएको थियो । सुन तस्करीमा संलग्न रहेको आशङ्कामा अहिलेसम्म चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यद्यपि उक्त सुन कसले ल्याएको हो भन्ने यकिन विवरण अझै खुलिसकेको छैन ।

प्रतिक्रिया