हाल चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले हाल चलिरहेका सबै परीक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ । शनिबार दिउँसो आकस्मिक रुपमा प्रधानमन्त्री कार्यालयमा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

बैठकले बाढी पहिरोमा परेर घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ ।दुई दिनदेखि परेको भारी वर्षाले देशभर ठूलो जनधनको क्षति पुगेको छ ।
त्यस्तै तत्काल र अविलम्ब अवरुद्ध सडक खोल्न भौतिक मन्त्रालयले पहल गर्ने तथा अवरुद्ध टेलिफोन र विद्युत् नियमित गर्न सम्बन्धित मन्त्रालयले पहल गर्ने निर्णय बैठकले गरेको छ ।

प्रतिक्रिया