झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरियो

काठमाडौं ।  लगातारको वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत झ्याप्ले खोलामा पहिरोले यात्रु वाहक बस पुरिएको छ । धादिङको धुनीबेँसी नगरपालिका र काठमाडौँको चन्द्रागिरी नगरपालिकाको सीमा पर्ने झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोले बस पुरिएको हो । 

शनिवार अपरान्ह आएको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । सो क्षेत्रमा फसेका यात्रुहरूलाई बसको व्यवस्था गरी सुरुङ मार्गबाट उद्धार गरिएको छ । 

प्रतिक्रिया