वर्षाजन्य विपद: देशभर ५० जना भन्दा बढीको मृत्यु

काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभर ठूलो जनधनको क्षति भएको छ । हालसम्म प्राप्त विवरण अनुसार देशभर कम्तीमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता छन् । डुबान र बाढीमा परी काठमाडौं उपत्यकामा मात्र ३२ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा ११ जना, ललितपुरमा १६ जना र भक्तपुरमा ५ जना जर्नाको मृत्यु भएको हो । यसैगरी बाढी पहिरोमा परी काभ्रेपलाञ्चोकमा ६ जना, पाँचथरमा ५ जना, मकवानपुरमा ३ जना, दोलखामा ३ जनाको मृत्यु भएको छ । 

बाढी पहिरोमा परी  सिन्धपाल्चोकमा २ जना, पाँचथरमा ५, दोलखामा ३,  धनकुटामा २, सिन्धुली, झापा र धादिङमा १–१ जनाको ज्यान गएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयमा अध्ययनरत एन्फा एकेडेमीका छ जना विद्यार्थीमध्ये तीन जनाको शव भेटिएको छ । 

इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० घर बाढीमा बगेका छन् । इन्द्रसरोवर–२ खानीखेतस्थित २८ घर डुबानमा छन् । बाढीपहिरोमा परेर दर्जनौँ घाइते भएका छन् भने अरू दर्जनौँ बेपत्ता छन् । देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् । 

देशभर ४४ जिल्लामा बाढी, पहिरो, डुबान र कटानले क्षति पुर्‍याएको छ । त्यसमध्ये ३९ जिल्लाका विभिन्न सडक खण्ड पूर्णरुपमा अवरुद्ध भएका छन् ।

प्रतिक्रिया