बाढी–पहिरोमा ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति दिने सरकारको निर्णय

काठमाडौं । सरकारले लगातारको वर्षापछि बाढी–पहिरोमा परि ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति र राहत दिने निर्णय गरेको छ । 

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बाढी–पहिरोमा ज्यान गुमाएका नागरिकलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो । 

बैठकपछि सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले प्रकोपमा ज्यान गुमाएका सबै नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ज्यान गुमाएका नागरिकका आफन्तलाई दिनुपर्ने क्षतिपूर्तिको प्रबन्ध गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले घाइतेहरूको निःशुल्क उपचार गर्ने र अवरुद्ध सडकहरू अविलम्ब खोल्नका लागि यातायात मन्त्रालयले पहल गर्ने निर्णय भएको पनि बताए । 


 

प्रतिक्रिया