उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक  विपद जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

विपदबाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउ धनको रक्षा र विपदमा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ ।

सुरक्षाकर्मीले हालसम्म बाढीपहिरो र डुबानबाट प्रभावित एक हजारभन्दा बढी नागरिकको सकुशल उद्धार गरेको गृह मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकामा मात्रै नेपाल प्रहरीका चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलका तीन हजार पाँच सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन्। 

नेपाली सेनाले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चारजनाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ। सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ भने राष्ट्रिय अनुसन्धान विभाग सुचना संकलनमा सक्रिय छ।

यसअघि गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि गरेको जानकारी दिए । उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए ।

 

 

प्रतिक्रिया