दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीका कारण ४३ जनाको मृत्यु

एजेन्सी । दक्षिण–पूर्वी अमेरिकामा हेलेन आँधीका कारण कम्तीमा ४३ जनाको मृत्यु भएको छ । 

आँधीका कारण लाखौँ मानिस विद्युतविहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।आँधीपछि आएको बाढीमा फसेका मानिसहरूलाई उद्धार गर्न डुङ्गा, हेलिकप्टर र ठुला सवारी साधनको प्रयोग भइरहेको अधिकारीहरूले बताएका छन् । टेनेसी अस्पतालको छतमा फसेका करिब ५० कर्मचारी र बिरामीलाई उद्धार गरिएको छ ।

बिहीबार राति फ्लोरिडाको तटमा आइपुगेको आँधी अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको जनाइएको छ । आँधी अहिले उत्तरतर्फ जर्जिया र क्यारोलिनातर्फ सरेको जनाइएको छ । आँधीका कारण अर्बौँ डलरको नोक्सानी भएको बीमा कम्पनी तथा वित्तीय संस्थाहरुले बताएका छन्  । 
 

प्रतिक्रिया