वर्षाजन्य विपद्बाट भएको क्षतिप्रति कांग्रेस सभापति देउवा द्वारा दुःख व्यक्त

काठमाडौं । देशको अधिकांश भूभागमा वर्षाका कारण बाढीपहिरो र डुबानमा परी भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त  गरेका छन् । 

यस समयमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय एवं भौतिक क्षति रोक्न तीन वटै तहका सरकारले आवश्यक समन्वय र व्यवस्थित योजना साथ सम्पूर्ण रुपले ध्यान केन्द्रित गर्न पनि उनले  आग्रह  गरेका छन् । 

सम्पर्क विहीनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ ।

स्थानीय पार्टी पङ्क्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन सभापति देउवाले निदेश समेत दिएका छन् । दलका साथीलाई व्यवस्थित ढङ्गले प्रभावकारी रुपमा कार्य गर्न आग्रह गर्दै उनले यो विपत्तिको सामना संयम् र एकतापूर्वक गर्न स्थानीय सबै दिदीबहिनी–दाजुभाइमा सभापति देउवाले अपिल ग गरेका छन् । 

प्राकृतिक विपत्तिमा जीवन गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुको आत्माको चीरशान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरिएको विज्ञप्तिमा उल्लेख छ । साथै, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि  उनले गरेका छन् । 
 

प्रतिक्रिया