कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए आकस्मिक बैठक

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आकस्मिक बैठक बोलाएका छन् । अविरल वर्षाका कारण सिर्जित विपदबारे मन्त्री, सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न उनले आकस्मिक बैठक बोलाएका हुन् । 

बैठक प्रधानमन्त्री कार्यालयमा जारी छ। कार्यवाहक प्रधानमन्त्री सिंहले राहत र उद्धारलाई  प्रभावकारी बनाउने विषयमा आवश्यक छलफलका लागि आकस्मिक बैठक बोलाएको सचिवालयले जानकारी दिएको छ ।

यसअघि केन्द्रीय सुरक्षा समितिको बैठक पनि बसेको थियो । बिहीबारदेखिको लगातार वर्षाले देशभरमा सडक अवरुद्धदेखि जनधनको क्षति गरेको छ ।

प्रतिक्रिया