अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन द्वारा राहत तथा उद्धारमा खटिन आग्रह

काठमाडौ‌ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले देशभरको जनजीवन कष्टकर बन्न पुगेकाले मातहतका निकायलाई राहत तथा उद्धारमा खटिन आग्रह गरेको छ ।

अनेरास्ववियूका कार्यवाहक अध्यक्ष गोविन्द गिरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुरक्षित रहँदै राहत तथा उद्धारमा खटिन मातहतका कमिटीलाई आग्रह गरिएको हो ।

ठूलो जनधनको क्षति भएको, सडक सञ्जाल अवरुद्ध हुँदा हजारौं यात्रुको विचल्ली भएको, पठनपाठन तथा सञ्चार सेवा अवरुद्ध भएकाले बाढी, पहिरो र डुबानमा परि बेपत्ता भएकाको तिव्रताका साथ खोजी गर्न, घाइते र विपद्मा फसेकालाई तत्कालै उद्धार गर्न अनेरास्ववियूले माग गरेको छ ।

अनेरास्ववियूले उद्धार तथा राहत कार्यमा खटिने प्रतिबद्धता जनाउँदै कार्यवाहक अध्यक्ष गिरीको संयोजकत्वमा खेलकुद तथा स्वयंमसेवक विभाग प्रमुख अमित महर, कोसी प्रदेशमा अध्यक्ष जिबी गजल, मधेश प्रदेशमा अध्यक्ष आरपी अधिकारी, बागमती प्रदेशमा अध्यक्ष एलबी बुढा, उपत्यका विशेष बागमती प्रदेश कमिटीमा अध्यक्ष विशाल न्यौपाने, गण्डकी प्रदेशमा अध्यक्ष प्रविन श्रेष्ठ, लुम्बिनी प्रदेशमा अध्यक्ष सन्तोष बाठा, कर्णाली प्रदेशमा राजेश ओली र सुदूरपश्चिममा मनोजराज राईलाई खटाएको छ ।
 

प्रतिक्रिया