सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको पुल बगायो

काठमाडौं । अविरल परेको वर्षका कारण सुनकोसी लदीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्कोटमा रहेको मोटेरेवल पुल  बगाएको छ । 

शनिबार मध्यान्हको समयमा नदीले पुल बगाएको स्थानीयले बताएका हुन् । उक्त पुल निर्माण भए पछि रामेछाप र दोलखाका नागरिकलाई राजधानी काठमाडौं जाने आउने दुरी छोटो भएको थियो । 

यो पुल बगाए सँगै अब रामेछापका नागरिकहरूलाई सित्खाको बाटो वा दोलखाको चरिकोट हुँदै खाडिचौरको बाटो भएर राजधानी काठमाडौं आवत जावत  गर्नुपर्ने भएको छ । 


 

प्रतिक्रिया