महोत्तरीका चौबिस गाउँ बाढीको उच्च जोखिममा

महोत्तरी ।  चार दिनदेखिको अविरल वर्षाले जिल्लाका अधिकांश नदी तथा खोलामा बाढी आएको छ । रातो, विग्ही, जङ्घा, अङ्कुशी, भब्सी, गेरुकी, कुटमेश्वरी, ढोलन, मरहालगायत नदीमा बाढी आएको हो ।

अविरल वर्षासँगै जिल्लाको नदीमा आएको बाढी गाउँ पस्ने जोखिम बढेको स्थानीय बताउँछन् । यसैबीच जल तथा मौसम विज्ञान विभागले महोत्तरीका सबै नदीहरुमा जोखिमको तह पार गरिसकेको जनाएको छ । 

नदी तटिय गाउँबस्तीका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गलालले बताए । जिल्लाका नदी आसपासका २४ बढी गाउँ बाढीको उच्च जोखिममा रहेका उनले जानकारी दिए । 

अत्यधिक वर्षा हुँदा यसअघि पनि जिल्लाका अधिकांश भाग डुबानमा पर्ने र सयौँलाई विस्थापित बनाउँदै आएको प्रजिअ गलालले उल्लेख  गरे । अहिलेसम्म जिल्लामा कुनै किसिमको मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया