बागमती प्रदेशका खेलकुद मन्त्री महर्जनलाई पितृशोक

हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई पितृशोक परेको छ । 

उनका पिता हरिकृष्ण महर्जनको ८४ वर्षको उमेरमा शुक्रबार राति निधन भएको हो ।

निमोनियाको उपचारका निम्ति गत बिहीबार देखि  ललितपुरको धापाखेल स्थित सुमेरु अस्पताल भर्ना भएका उनको शुक्रबार राति निधन भएको  मन्त्री महर्जनको परिवारका एक सदस्यले जानकारी दिए  । 

उनका श्रीमती, पाँच छोरा र एक छोरी छन् । पशुपति आर्यघाटमा आजै उनको अन्येष्टि गरिने छ ।

रासस 

प्रतिक्रिया