सिस्नेरीमा सञ्चालित एन्फा एकेडेमीका ६ विद्यार्थी सम्पर्क विहीन

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरको सिस्नेरीमा सञ्चालन गरेको एकेडेमी बाट ६ विद्यार्थी सम्पर्क विहीन भएका छन् । 

शुक्रबार एन्फा एकेडेमीका सुरक्षाकर्मीलाई छलेर भागेका ६ जना विद्यार्थीहरु सम्पर्क विहीन भएका हुन् । बिहीबारदेखि परेको वर्षाका कारण शुक्रबार कुलेखानीको ड्याम खोल्ने जानकारी पाएका उनीहरु बगाउने डरले सुरक्षाकर्मीलाई छलेर भागेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । 

स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टल सहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडी मध्ये ६ जना सम्पर्क विहीन भएका हुन् ।

प्रतिक्रिया