काठमाडौं उपत्यकामा बाढी पहिरोमा परी २१ जनाको मृत्यु

काठमाडौं । वर्षाजन्य विपद्मा परी काठमाडौं उपत्यकमा २१ जनाको मृत्यु भएको छ । 

हालसम्म काठमाडौंमा नौ जना , ललितपुरमा नौ जना र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले दिएको जानकारी अनुसार वर्षाजन्य विपद्का घटनामा परी पाँच जना बेपत्ता भएका छन् भने  नौ जना घाइते भएका छन् । 

बाढी पहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको उनले बताए । बाढी पहिरो बाट काठमाडौंमा चार वटा घर भत्किएका छन् भने दुई सय २६ घर डुबानमा परेका छन् । ललितपुर र भक्तपुरका धेरै घरमा पानी पसेको छ ।
 
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौंमा ३ हजार ६०, ललितपुरमा ९ सय ३० र भक्तपुरमा १ सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको उपत्यका प्रहरीका कार्यालयका प्रवक्ता घिमिरेले जानकारी दिए । 

यसै बीच विपद्को जोखिमका आधारमा काठमाडौंमा थप ४०, ललितपुरमा २५ र भक्तपुरमा १५ जना थप जनशक्ति समेत परिचालन गरिएको उनले जानकारी दिए । 
रासस 

प्रतिक्रिया