सबै मिलेर विपत्तिको सामना गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बाढी पहिरोको विपत्तिलाई मिलेर सामना गर्न सबैमा आह्वान गरेका छन् । 

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्रीले सामाजिक सञ्जाल फेसबुक मार्फत नेपालमा भएको अविरल वर्षाले निम्त्याएको विपदप्रति दुःख व्यक्त गर्दै उद्धारमा जुट्न आग्रह गरेका हुन् ।

उनले लेखेका छन्, ‘आज पनि देशैभर अविरल वर्षा भइरहेको छ। बाढी, पहिरोले जनधनमा क्षति भएका खबर आइरहेका छन्। अघि भर्खरै गृहमन्त्री रमेश लेखकजी सँग टेलिफोनका कुरा गरेर यस सम्बन्धी सबै विवरण लिएको छु। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका विपद् उद्धार टोलीलाई पूर्ण क्षमताका साथ, उद्धार साधन सहित खटाइएको छ। केही ठाउँमा उद्धारमा ढिलाइ भएको पनि आएको छ। सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले पनि जिम्मेवारी पूर्वक उद्धारको काम अघि बढाउनु होला । मौसमविद्हरूका अनुसार आज पनि वर्षा हुनेछ। उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गरौँ, भेल, बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर बसौं। विपत्ति सबैको साझा चुनौती हो, मिलेर सामना गरौं।’  

उद्धारका लागि सरकारले परिचालन गरेका सुरक्षाकर्मीलाई सहयोग गर्न र बाढी र पहिरोको जोखिम नहुने ठाउँमा सतर्कता अपनाएर रहन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया