रोशी खोलामा भिषण बाढी, बगायो १० वटा पक्की घर

 काठमाडौं । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ९ नार्केमा रोशी खोलाको बाढीले कटान गरी १० घर बगाएको छ । 

शनिबार बिहान ९ बजे बाढीले जमिन कटान गरी बगाएको बताइएको छ । सो घटनामा मान्छे परे वा नपरेको बारे जानकारी आइनसकेको प्रहरीले जनाएको छ । 

उद्धारका लागि नेपाल सेना र प्रहरी तैनाथ रहेको छ । तर, बाटो बिग्रिएको कारण जान सक्ने अवस्था नरहेको बताइएको छ । 

प्रतिक्रिया