हेवा खोलामा आएको बाढीले बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

पाँचथर । अविरल वर्षापछि हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’बगाएको छ । 

फिदिम नगरपालिका–४ का वडाध्यक्ष उपेन्द्र लावतीले हेवा खोलामा आएको बाढीले ‘बेलिब्रिज’ बगाएको जानकारी दिएका छन् । उनका अनुसार बाढीले हिलिहाङ गाउँपालिका तर्फको पर्खाल भत्काए पछि बेलिब्रिज बगाएको हो । 

गत वर्षको असार २ गते आएको बाढीले यहाँ रहेको पुल बगाए पछि यहाँ ‘बेलिब्रिज’ निर्माण गरिएको थियो । ‘बेलिब्रिज’ बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । 

सडक अवरुद्ध भएपछि पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्ला सँगको सडक सञ्जाल विच्छेद भएको छ । 
रासस 

प्रतिक्रिया