मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । 

निरन्तरको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित माईखोलामा सडक माथि बाट ग्याबिन जाली सहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको हो । 

आज बिहान साढे३  बजे सडक माथि बाट ढुङ्गाको पर्खाल झरे पछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताए ।  ढुङ्गाको पर्खाल झरे पछि गाडी चलाउन नसकिने अवस्था रहेको उनले बताए । 

साना गाडीका लागि एकतर्फी सवारी आवत जावत खुलाउने कोसिस भइरहेको उनले बताए ।  ग्याबिन जाली सहितको पहिरो ठूलो भएको र लगातार लेदो सडकमा आएका कारण ठूला गाडीका लागि भने सडक खुलाउन केही समय लाग्ने ढकालले बताए । 

    

प्रतिक्रिया