बाढी पहिरोको विपद्‌ बारे छलफल गर्न गृहमन्त्रीले बोलाए बैठक

केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

काठमाडौं । गृह मन्त्रालयले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ । 

मन्त्रालयका अनुसार बिहान साढे १० बजेका लागि बैठक बोलाइएको हो । दुई दिन देखिको अवरिल वर्षाका कारण मुलुकभरको जनजीवन प्रभावित भएपछि राहत तथा उद्धार व्यवस्थापन तथा थप कार्ययोजना तय गर्न गृहमन्त्री रमेश लेखकले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री लेखकले निरन्तरको वर्षाका कारण देशभर नै वर्षा, बाढी, पहिरो र डुबानको समस्या हुनुका साथै जन धनको क्षति हुने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न सबैलाई आग्रह गरेका छन् ।

बैठकमा चार वटै सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनेछन् । 
 

प्रतिक्रिया