खराब मौसमका कारण आन्तरिक उडान बन्द

काठमाडौं । अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट हुने आन्तरिक उडान बन्द भएको छ । 

वर्षा नरोकिएको र वैकल्पिक विमानस्थल नहुँदा आन्तरिक तर्फ उडान हुन नसकेको हो ।  मौसम खराब हुँदा भिजिविलिटी कम भएकोले उडानहरू प्रभावित भएका हुन् ।

काठमाडौं बाहिर नागरिक उड्डयन कार्यालयका सबै स्टेसन बन्द  रहेको बताइएको छ ।

अन्तर्राष्ट्रिय तर्फ शनिबार दोहा बाट आएको कतार एयरवेजको विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । 

प्रतिक्रिया