पहिराेले पृथ्वी राजमार्ग अवरुद्ध

तनहुँ । दुई दिन देखि परेको निरन्तर वर्षाका कारण पहिरा जाँदा पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवा खण्ड अवरुद्ध भएको छ । 

आज बिहान पौने २ बजे गएको पहिराका कारण घाँसीकुवा डुम्रे खण्ड अवरुद्ध भएको स्थानीय सुदीप गफारले जानकारी दिए । उनका अनुसार शुक्रबार राति पौने १२ बजे देखि लेदो खसेर पहिराको जोखिम बढेको थियो । झरी परिरहे पछि साढे १ बजे सडक पहिराका कारण अवरुद्ध भएको छ । 

उक्त ठाउँमा गत भदौ ५ गते डाँडै खस्दा राजमार्ग अवरुद्ध भएको थियो । सोही ठाउँ पानी परे पछि जोखिममा रहने गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अविरल वर्षाका कारण बाढी, पहिरो जस्ता अप्रिय घटना सिर्जना भई धनजनको क्षति हुन सक्ने भएकाले सुरक्षित रहन आग्रह गरेको छ । 
रासस 

प्रतिक्रिया