काभ्रेमा पहिरोमा परी एकै परिवारका ५ जना बेपत्ता

काठमाडौं ।  काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्क विहीन भएका छन् । 

पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्क विहीन भएका हुन् 

पहिलोले ३ घरमा पूर्ण क्षति पुर्‍याएको छ भने भण्डारीको परिवार पहिरोमा परेर सम्पर्क विहीन भएको हो । पहिरो झर्न आझै नरोकिएको प्रहरीले जनाएको छ । भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौती बाट १५ जनाको टोली खटिएको बताइएको छ । 

बिहान करिब साढे ३ बजे गएको पहिरोमा परी भण्डारीको परिवार बेपत्ता भएका हुन् । 

त्यस्तै,  काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिदा दुई जनाको मृत्यु भएको छ ।

आज बिहान करिब ३ बजेतिर भिमबहादुर तामाङको घर पहिरोमा पुरिदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया