ग्यास चुहिँदै गरेको अवस्थामा हनुमन्ते नदीले बगायो बुलेट

काठमाडौं । अविरल वर्षा सँगै आएको बाढीले काठमाडौैमा  एउटा ग्यास बुलेट  बगाएको छ । 

ग्यास चुहिँदै गरेको अवस्थामा शनिबार बिहान उक्त बुलेट हनुमन्ते नदीले बगाउदै गरेको देखिएको हो ।

उक्त बुलेट बाढीमा बग्दै भक्तपुर तर्फ बाट बगाएर ल्याएको र ग्यास निस्केर माथितिर गइरहेको देखिएको बताइएको छ । 

ग्यास चुहिँदै बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ । ग्यास चुहिएकाले सो क्षेत्रका स्थानीय त्रसित बनेका छन् भने ग्यासको चर्को गन्ध आइरहेको बताइएको छ । 

प्रतिक्रिया