मुख्य समाचार

जेरुसलमको बस स्टपमा भएको गोली प्रहारमा ६ जना प्यालेष्टेनीहरुको मृत्यु

जेरुसलमको बस स्टपमा भएको गोली प्रहारमा ६ जना प्यालेष्टेनीहरुको मृत्यु

एजेन्सी । जेरुसलमको एक बस स्टपमा भएको गोली प्रहारमा ६ जना प्यालेष्टेनीहरुको मृत्यु भएको छ । 

जेरुसलमका उत्तरी क्षेत्र रामोट जंक्शनमा रहेको बसस्टपमा बन्दुकधारीहरुले गोली प्रहार गर्दा ६ जनाको मृत्यु भएको हो । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार घटनामा ८ जना घाइते भएका छन् । इजरायली प्रहरीका अनुसार मोटर साइकलमा आएका दुई जना आतंककारीले बस कुरेर बसेकामाथि गोली प्रहार गरेको हो । मारिनेमा २५ देखि ७९ वर्षबीचका पाँच पुरुष र ६० वर्षीया एक महिला रहेका छन् । 

घटनाको जिम्मेवारी कसैले लिएको छैन । घटना लगत्तै भाग्न खोजेका आतंकारीहरु प्रहरी र स्थानीयले गरेको प्रतिकारमा मारिएका छन् । यसैबीच इजरायली राष्ट्रपति इसाक हर्जोगले निर्दोष नागरिकको निर्दयी तरिकाले हत्या गरेको भन्दै घटनामो निन्दा गरेको छ । 

यसैगरी फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले आतंवादी आक्रमणको कडा निन्दा गरेका छन् ।

टिप्पणी लेख्नुहोस्

Your email address will not be published. Required fields are marked *