काठमाडौं : अभिनेत्री आँचल शर्मा र पोषण विद् उदिप श्रेष्ठले फागुन २९ गते लगनगाँठो कसेका छन् । बिहिबार काठमाडौंको एक होटलमा विवाह गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले शनिबार काठमाडौंको पाँच तारे होटल हायातमा भव्य पार्टीको आयोजना गरेका थिए ।
अभिनेत्री आँचल उदिपसँग हेलिकोप्टर चढेर १६ लाखको लेहेंगा लगाएर शनिबार आयोजित पार्टीमा पुगिन् । १६ लाख पर्ने १६ केजीको उक्त लेहेंगालाई भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको हो । यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको बताइएको छ ।
आँचलको लेहेङ्गाको आइडिया भने उदिपले नै जुराएका हुन् । यस्तै आँचलले शनिबार विवाह पार्टीमा करिब ६० लाख हारहारीको गहना लगाएकी थिइन् ।
2 Comments
asti samma ta tootle gardai hidthi ye naani
Yastai ho yo desh. Kohi sanga kharcha garnu manoranjan lai ek crore sajilai kunai chinta bina kharcha garcha, ra kohi sanga afno ghar maa bimaar huda 50 rupia nikalnu dhau dhau. Yastai ho Nepal.