ADVERTISING

Breaking News

नेरुडे लघुवित्तको डेढ करोड बढी रकम हिनामिना गरेको आरोपमा २ जना पक्राउ

महोत्तरी : महोत्तरीको पिपरास्थित नेरुडे लघुवित्त वित्तीय संस्थाको १ करोड ६१ लाख ७६ हजार रकम हिनामिना गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका ३ का बद्रीनारायण तवदार र जहदा गाँउपालिका ३ का दिपककुमार कर्ण रहेका छन् । पक्राउ पर्ने दुबैमाथि बैंकिङ कसुर मुद्दामा कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने तवदार संस्थाका बरिष्ठ उत्प्रेरक र कर्ण सहायक उत्प्रेरक हुन् । नक्कली ऋणी बनाएर झुठा विवरण तयार पारी कर्जा लगानी देखाई बचतकर्ताको रकम हिमामिना गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

बचतकर्तावाट साँवा र ब्याज उठाएर १ करोड ६१ लाख ७६ हजार हिनामिना गरेको सोही संस्थाको विराटनगर कार्यालयको उजुरीपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हिनामिना प्रकरणमा अन्य ब्यक्तिको पनि सग्लनताको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

leave a reply