ADVERTISING

Breaking News

टुटल र पठाओ रोक्न सरकारको चेतावनी

काठमाडौं : सरकारले टुटल र पठाओलाई लक्षित गर्दै विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रूपमा प्रयोग नगर्न चेतावनी दिएको छ ।

यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै कानूनको उल्लंघन गरी अरू प्रयोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।

ट्याक्सी व्यवसायी तथा चालकले मंगलवार विभाग घेराउ गरेपछि टुटल र पठाओ नामा उल्लेख नगरी जारी भएको विभागले सूचना जारी गरेको हो ।

leave a reply