ADVERTISING

Breaking News

कोरोना भाइरसका कारण इटलीको मृत्युदर सबैभन्दा उच्च

एजेन्सी : इटालीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै दुई सय पुगेको छ । शुक्रबार एकै दिन ४९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १ सय ९७ पुगेको हो । डिसेम्बरमा चीनको वुहानमा देखिएको भाइरसका कारण चीन बाहिर सबैभन्दा धेरैको मृत्यु हुने देश इटाली हो ।

भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या इटलीमा बढ्दो क्रममा रहेको छ । इटालीमा अहिलेसम्म ४ हजार ६ सय भन्दा बढी मानिसमा संक्रमण पुष्टि भएको छ । इटलीमा संक्रमितमध्ये ४ दशमलब २५ प्रतिशत विरामीको मृत्यु भएको छ । जुन कोरोना भाइरसको संक्रमणबाट भइरहेको मृत्युको सबैभन्दा उच्च दर हो ।

इटालीका विभिन्न २२ वटा शहरमा कोरोना भाइरसको प्रकोप देखिएको छ । जसका कारण देशैभरिका विद्यालय, विश्वविद्यालय बन्द गरिएको छ ।

चीनवाट शुरु भएको प्रभाव पछिल्लो समय इटाली, इरान र दक्षिण कोरियामा बढी देखिएको छ । इरानमा एकै दिन एक सय २२ भन्दा बढीको मृत्यु भएको छ । फ्रान्स, दक्षिण कोरिया र भारतमा पनि संक्रमण फैलिएको छ । अमेरिकामा पनि मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर अहिलेसम्म झण्डै एक लाखजनामा कोरोनाको संक्रमण भएको छ । तिमध्ये ३२ सय मानिसको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश चीनका रहेका छन् ।

leave a reply