ADVERTISING

Breaking News

प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौलालाई लगियो अपरेशन थिएटर, ओलीलाई लाने तयारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दान गर्ने उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीलाई अपरेशन थिएटरमा लगिएको छ । प्रधानमन्त्री ओलीलाई भने लग्ने तयारी भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको शल्यक्रिया ९ बजेबाट शुरु हुने भनिएपनि अझै शुरु भएको छैन । प्रत्यारोपणका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ।

मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो। प्रत्यारोपणको नेतृत्व अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीले गर्ने छन् ।

leave a reply