ADVERTISING

Breaking News

अमेरिकाको विस्कन्सिनमा अन्धाधुनुध गोली प्रहार, ६ जनाको मृत्यु

अमेरिका : अमेरिकाको विस्कन्सिन राज्यमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा छ जनाको मृत्यु भएको छ । विस्कन्सिनको मिल्वोकीमा रहेको मोल्सन कूर्स ब्रुइङ्ग कम्पनी परिसरमा एक बन्धुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन् ।

आक्रमणकारी ५१ वर्षका स्थानीय बासिन्दाको पनि गोलीकाण्डमा मृत्यु भएको छ । कम्पनीमा सयौँ कर्मचारी कार्यरत रहेको समयमा बुधबार अपरान्ह कम्पनीको परिसरमा बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गरेका हुन् । आक्रमकारीको उद्देश्य खुलेको छैन ।

आक्रमणका बारेमा प्रहरी र एफबीआईले अनुसन्धान गरिरहेका छन् । सन २०२० मा यसअघि नै अमेरिकामा तीन ठुला गोलीकाण्ड भइसकेका छन् । जसमा १२ जनाको मृत्यु भएको थियो । अघिल्लो बर्ष भने २ सय २४ जनाको ज्यान गएको थियो ।

leave a reply