ADVERTISING

Breaking News

दिल्ली हिंसामा मृत्यु हुनेको संख्या २० पुग्यो

नयाँदिल्ली : नागरिकता संशोधन कानुन (सीएए) को समर्थन गर्ने र विरोध गर्ने समूहबीच आइतबारबाट भड्किएको हिंसामा परी मृत्यु हुनेको संख्या २० पुगेको छ ।

समाचार संस्था एएनआईले गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमलाई उद्धृत गर्दै हिंसामा परी मृत्यु हुनेको संख्या २० पुगेको जनाएको छ ।

अस्पतालका प्रबन्ध निर्देशक गौतमले अस्पतालमा एक सय ८९ घाइतेको उपचार भइरहेको र २० जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईसँग बताएका छन् ।

दिल्ली उच्च अदालतले मध्यरातमा घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न आदेश दिएको छ । उच्चअदालतका न्यायाधीशद्वय एस मुरलीधर र अनुन भंवानीले राति साढे बाह्र बजे मानवअधिकारवादी वकील सुरुर मंदरको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

leave a reply