ADVERTISING

Breaking News

‘प्रधानमन्त्रीज्यू देशको नक्सालाई ‘केक’ बनाएर काट्न हात काँपेन ?’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मदिन तेह्रथुममा तामझामका साथ मनाए । हेलिकप्टर चढेर जन्मदिन मनाउन तेह्रथुमको आठराई पुगेका प्रधानमन्त्री ओलीको जन्मदिनको केक पनि हेलिकप्टर चार्टर्ड गरेर आठराई पुर्‍याइयो ।

केक नै हेलिकप्टर चार्टर्ड गरेर लैजानुपर्ने भन्दै आश्चर्यमा परेका जनता, जब नेपालको नक्सा आकारमा बनाइएको केक नै काटेर प्रधानमन्त्री ओलीले जन्मदिन मनाए तब झन् आश्चर्यमा परे । प्रधानमन्त्री ‌ओलीले ‘नेपाल’को नक्सा नै काटेर उत्सव मनाएपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ ।

जन्मदिन परिवारमाझ मात्र मनाउने आचारसंहिता जारी गरे पनि पार्टीका नेताहरु र मन्त्रीहरुसमेत लिएर आठराई पुगेका प्रधानमन्त्री ओलीले नेकपाकै आचारसंहिता उल्लंघन गरे भन्दै आलोचना भइरहेका बेला एकाएक नेपालको नक्सा आकारमा बनाइएको केक नै काटेको तस्वीर र भिडियो सार्वजनिक भएपछि आलोचना नहुने त कुरै भएन ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आक्रोश पोख्दै लेखेका छन्, ‘बाले देश खाए’, ‘देशको नक्सालाई टुक्रा पारेर खुसी बाँडदै प्रधानमन्त्री ज्यु’, ‘देशको नक्सालाई ‘केक’ बनाएर काट्ने हात काँपेन ।’

3 Comments

  • पोखरीमा डुबेको माछा समुन्द्रमा भेटियो महोदय जय नेपाल जय पत्रकारीता

  • यहि इच्छा अभिलाषा पूरा गर्नका लागि जन्मका रहेछौं, र आज त्यो इच्छा पनि पूरा भए हैन त? ल तेसो भए बधाई छ, तर देशमा रहेका गरिब निमुखा जनताहरु कस्तो परिस्थितिबाट जीवन यापन गरिरहेका छ्न, त्यस तर्फ कहिले पनि चासो भएन है? तर जिवित नै अशान्ति र नर्क भएको हुँदा तसर्थ मैले आफ्नो संतानलाई यो नर्कमा ल्याउन चाहिन, तसर्थ मैले बिबाह गर्न चाहिन, र अविवाहित भएरनै रहने निधो गरे, तसर्थ मलाई यस्ता जन्म दिनका उत्सवहरु कसैलाई पनि आदन प्रदान गर्न चाहन्न, तसर्थ यहाँलाई पनि शुभकामना दिन चाहिन, यसमा म I,m sorry भन्न चाहन्छु।
    …T´s
    Modern God´s Light
    http://mainlightgravity.blogspot.com/?m=1

  • अचम्म प्रसाद जी, देश काट्यो आरे!!? साच्चै नै तोप, न्युक्लियर बम, गोर्खाली खुकुरीले काट्यो कि के हो?? कुरा त मात्र फोटो भाको नेपालको नक्साको होईन र?? होइन फोटो पनि काट्नै मिल्दैन भने किताब, कापी, तथा अन्य विभिन्न पठनपाठनका समाग्रीहरूमा पनि नेपालको नक्सा राख्नु भएन, कसैले नेपालको नक्सा बनाउने पाउने भएन, चाहे वाल तिर चाहे क्यालेन्डर, चाहे पत्रिकामा कुनै पनि सम्मानित गरिएका चिजलाई चित्रमा देखाउनु भएन, यदि देखैहालेमा तेसलाई म्युजियम वा राष्ट्रिय संरक्षण छ क्षेत्रमा राख्नुपर्छ। नभए यो जल्न सक्छ, कसैले चट्पटे खादा प्रयोग गर्न सक्छ, लेखेर मेट्न सक्छ जबकि देश यथावत छ, केपी ओली जी ले जस्तै काटेर खाना सक्छ, नालीमा बग्न सक्छ। यसरी सामान्य भन्दा सामान्य कुरामा गन्थन गरी अरूलाई निच देखाउनु त्यो तेस्को स्थार हो जुन कामचोर र कमजोर मान्छेहरूले मात्रै गर्छ। बुझै कि कागले कान लग्यो भनेर कागको पछि पछि नकुदै, झटारो जसरी कुरा नगरौ, नराम्रै कुरा पनि राम्रो तरीकाले गर्न सिकौ न कि यस्तो गर्यो उस्तो गर्यो भनेर बकम्फुसे कुरामा अल्झेर नबसौ, आफुलाई काममा ब्यस्त राखै, काम नभए राम्रो सोचाइ ब्यस्त राखै र अरुको सम्मान गर्न सिकौ!

leave a reply