ADVERTISING

Breaking News

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ७६ हजार ७ सयमा कारोबार भएको हो । यो मूल्य अहिलेसम्मकै उच्च हो । यसअघि गत पुष २३ गते ७६ हजार ५ सय रुपैयाँमा पुगेर सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको थियो ।

त्यस्तै तेजावी सुन प्रतितोला ७६ हजार ४ सय रुपैयाँमा कारोवार भएको छ । सोमबार छापावाल सुन तोलाको ७६ हजार ५ सय र तेजावी सुन ७६ हजार २ सयमा कारोबार भएको थियो । चाँदी भने आज ८ सय ९० रुपैयाँ तोलामा कारोबार भएको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेको हो ।

कोरोना भाइरसको संक्रमण र शक्तिराष्ट्रविचको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि त्यसको असर नेपाली बजारमा पनि देखिएको हो । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस १५ सय ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सुनको मूल्य अझै बढने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मूल्य बढेपछि बजारमा सुन कारोबार ठप्प जस्तै भएको छ । खरिद गर्ने भन्दा बिक्री गर्न चाहानेहरु बढेको नेपाल सुनचाँदी ब्यवसायी संघले जनाएको छ ।

leave a reply