ADVERTISING

Breaking News

पाँच वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई माथिल्लो तहमा मिलान गरी समायोजन गर्न माग

काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठनले पाँच वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई माथिल्लो तहमा मिलान गरी समायोजन गर्न माग गरेको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संगठनले अहिले भइरहेको कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाएको हो ।

सेवा अवधि जोड्न छुट भएका कर्मचारीलाई एकपटक मौका दिनुपर्ने, प्रदेश र स्थानीय तहको दरवन्दी पुनरावलोकन गरि पदपू्र्ति गर्नुपर्ने संगठनको माग छ ।

हालै भक्तपुरमा बसेको सातौ पूर्ण बैठकको निर्णय संगठनले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । संगठनले सेवा निवृत कर्मचारहरुका लागि कर्मचारी राशन कार्ड र निशुल्क स्वास्थ्यउपचारको व्यवस्था हुनुपर्ने माग पनि अघि सारेको छ ।

त्यस्तै उसले सीमा बिवाद, कोरोना भाइरस, मुलुकको विकास निर्माण लगाएतका बिषयमाा पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

leave a reply