ADVERTISING

Breaking News

विश्वकप लिग २ मा आज नेपाल र ओमानबीच प्रतिस्पर्धा

काठमाडौं : आईसीसीबाट चारवर्षका लागि एक दिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो एक दिवसीय सिरिज खेल्दै छ । आईसीसी विश्वकप लिग २ का लागि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज कीर्तिपुर मैदानमा बुधबारदेखि शुरु हुन लागेको हो ।

प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले ओमानसँग प्रतिस्पर्धा गर्न लागेका छ । खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान साढे ९ बजे सुरु हुनेछ । दुई बर्ष अघि नेपालले युएईमा ऐतिहासिक सिरिज खेल्दै उपाधि हात पारेको थियो ।

त्यसयता नेपालले आधिकारिक ५० ओभरको क्रिकेट खेलेको छैन । नेपालले एक दिवसीय क्रिकेटको पछिल्लो सात बर्षमा ओमानलाई पराजित गर्न सकेको छैन् । कीर्तिपुर मैदानमा हुने सिरिजमा नेपालले ओमान र अमेरिकासंग दुई दुई वटा खेल खेल्नेछ ।

leave a reply