एजेन्सी : साउदी अरेबियाले मुस्लिम देशहरुको संगठन ‘ओआइसी’को बैठकमा इरानलाई सहभागी हुन रोक लगाएको छ । आजदेखि साउदी अरेबियाको जेद्दामा हुन लागेको बैठकमा इरानको प्रतिनिधिमण्डललाई बैठकमा सहभागी हुन रोक लगाइएको हो ।
बैठकमा सहभागी हुने आफ्नो देशका प्रतिनिधिलाई साउदी अरेबियाले भिषा नदिएको हो । बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको ‘मध्य–पूर्व शान्ति प्रस्ताव’ माथि छलफल हुनेछ ।
साउदी अरेबियाले ओआइसीमा आफ्नो पदको गलत प्रयोग गरेको आरोप इरानको छ । इरानको आरोप बारे साउदी अरेबियाले कुनै प्रतिक्रिया जनाएको छैन । ओआइसीमा साउदी अरेबियाको बलियो प्रभाव रहेको छ ।