ADVERTISING

Breaking News

बार्सिलोनाद्वारा लेभान्टे २-१ ले पराजित

एजेन्सी : स्पेनिस लालिगामा बार्सिलोनाले लेभान्टेलाई हराएको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई २-१गोल अन्तरले हराएको हो । बार्सिलोनाका जितमा दुवै गोल युुवा स्टार अंशु फातीले गरे । लेभान्टेका रुबेन रोचिनाले एक गोल फर्काए ।

जितसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसंग अंक दुरी घटाएको छ । बार्सिलोना ४६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको रियलको ३ अंकको अग्रता छ । पराजित लेभान्टे २६ अंक सहित १३ औं स्थानमा छ ।

leave a reply