ADVERTISING

Breaking News

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठकमा राष्ट्रियसभाबाट पारित भएका विधेयकको सन्देश जानकारी गराउनुका साथै संवैधानिक आयोगका बार्षिक प्रतिवेदनहरु पेश हुने कार्यसूचि छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका प्रतिवेदनहरु पेश हुनेछन् । बैठकले प्रतिनिधिसभाका पूर्व सदस्य गम्भीरजंग कार्कीको निधनमा शोकप्रस्ताव पनि पारित गर्नेछ ।

leave a reply