काठमाडौं : उपसभामुख डाक्टर शिवमाया तुम्बाहाङ्फेले आफुले संविधान अनुसार नै प्रतिनिधिसभालाई नेतृत्व विहीनको कल्पना नगरेकाले राजीनामा दिन ढिलो गरेको स्पष्ट पारेकी छन् । संघीय संसदमा प्रतिनिधिसभाको पहिलो बैठक पछि पत्रकार सम्मेलन गर्दे उनले संसदलाई प्रणालीगत रुपमा अगाडि बढाउने सवालमा आफुले बाजी मारेको दाबी पनि गरिन् ।
उनले सभामुखका लागि दाबी गर्नुमा आफुलाई कुनै संस्था वा व्यक्तिको संरक्षण नभएको स्पष्ट पारिन् । नेताले भनेको आधारमा होइन संविधानले दिएको अधिकारको आधारमा आफ्ले राजीनामा दिएको उनको दावी थियो ।
सभामुख पदका लागि गरेको दाबी अस्वभाविक नभएको दोहोर्याँउदै तुम्बाहाङ्फेले मुलुकमा पितृसंस्था सोच संस्थागत रुपमा जरा गाडेर बसेको टिप्पणी गरिन् ।