ADVERTISING

भारत प्रदर्शन : उत्तर प्रदेशको अधिकांश क्षेत्रमा इन्टरनेट सेवा बन्द

Breaking News

भारत : भारतको उत्तर प्रदेशको अधिकांश क्षेत्रमा आज इन्टरनेट सेवा बन्द गरिएको छ । नागरिकता कानूनको विरोधमा सरकार विरोधी प्रदर्शन हुने आशंकामा इन्टरनेट सेवा ठप्प पारिएको हो । उत्तर प्रदेशका ८ जिल्लामा धारा १ सय ४४ लागु गरेर इन्टरनेट सेवा बन्द गरिएको हो ।

मेरठ, सीतापुर, कानपुर, गाजियाबाद, बिजनौर, फिरोजाबाद, अलीगढ लगायतका ठाउँमा इन्टरनेट बन्द गरिएको प्रहरीले जानकारी दिएको छ । इन्टरनेट बन्द गरिएका जिल्लामा ठुलो संख्यामा सुुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

दुई हप्ता देखि नागरिकता संशोधन विधेयक र एनआरसीलाई लिएर भारतमा विरोध प्रदर्शन हुँदै आएको छ । उत्तर प्रदेशमा भएका प्रदर्शनमा प्रहरीले गोली चलाउदा एक दर्जन भन्दा बढीको मृत्यु भैसकेको छ । भारतको मानव अधिकार आयोगले समेत प्रहरीले अधिकार उलग्घन गरेको भन्दै प्रहरीसँग स्पष्टिकरण सोधेको छ ।