ADVERTISING

Breaking News

अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउन नेकपा अध्यक्षद्वय सहमत

काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ । सभामुखमा सहमति जुटाउन प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच केही दिन यता छलफल हुँदै आएको थियो । सभामुखमा दुई नेताबीच सहमति जुटेपछि नाम अनुमोदनका लागि नेकपा सचिवालयको बैठक बालुवाटारमा वसिरहेको छ । राजीनामा दिन पार्टी नेताहरुले बारम्बार गरेको आग्रहलाई अस्वीकार गर्दै आएकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई भने नेताहरुले कसरी मनाए भन्ने चाहिँ खुलेको छैन ।

leave a reply