ADVERTISING

Breaking News

थाइल्याण्डमा प्रियंकाको ब्याचलर पार्टी

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीले आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिएकी छिन् । प्रियंकाले थाइल्यान्डको समुद्री तटमा रमाइरहेको तस्विरहरु इन्स्टाग्राम तथा फेसबुकको स्टोरीमा सेयर गरेकी छिन् । सार्वजनिक तस्विरमा प्रियंका र उनका साथीहरु बिकिनीमा देखिएका छन् ।

सहाना बज्राचार्य, सिवांगी प्रधानलगायतले आफ्नो लागि आयोजना गरेको ‘ब्याचलर पार्टी’ अविस्मरणीय बनाएको प्रियंकाले बताएकी छिन् । अभिनेत्री प्रियंकाले साथीहरुसँग रमाइरहेको तस्विर साझेदार गर्दै ‘आफ्नो परिवार’ भनेकी छिन् । उनीहरु एक हप्ताको ट्रिपमा ‘ब्याचलर पार्टी’ मनाउन थाइल्यान्ड पुगेका हुन् ।

थाइल्यान्डमा ब्याचलर पार्टी मनाइरहेकी प्रियंकाले प्रेमी आयुष्मान देशराज जोशीसँग विवाह गर्न लागेकी छिन् । तर विवाह कहिले हुन्छ भन्ने बारे उनले खुलाएकी छैनन् । उनले करिब डेढ वर्षअघि प्रेमी आयुष्मानसँग इन्गेजमेन्ट गरेकी थिइन् । तर लामो समय बितिसक्दा पनि उनीहरु विवाह बन्धनमा बाँधिएका छैनन् । अब भने प्रियंका ब्याच्लर पार्टी मनाउन थाइल्याण्ड पुगेपछि उनको विवाह चाँडै हुने चर्चा शुरु भएको छ ।

leave a reply