काठमाडौं : सभामुखको उम्मेदवार तय गर्न सत्तारुढ दल नेकपाले आज अपरान्ह चार बजे सचिवालय बैठक बोलाएको छ । महासचिव विष्णु पौडेलले बिहान दुई अध्यक्षबीचको छलफलपछि अपरान्ह चार बजेलाई सचिवालय बैठक बोलाइएको जानकारी दिएका हुन् ।
सचिवालय बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने भएको हो । नेकपामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विवाद छ । यो विवाद चर्कदै गएपछि गत प्रतिनिधि सभाको बैठक लगातार स्थगित हुँदै आएको छ ।
पुस ४ गतेबाट सुरु भएको प्रतिनिधि सभाको बैठक पुस ११, १६ र २७ गते सूचना टाँस गरेर स्थगित भएको थियो । अर्को बैठक पुस ६ गतेलाई बोलाइएको छ ।
गत पुस २७ गते नेकपाका दुई अध्यक्षबीच भएको छलफल अनुसार माघ ६ को बैठक बस्नुअघि सभामुखमा सहमति जुटाउने र माघ ६ को बैठकमा सभामुखको निर्वाचन प्रकृया सुरु गर्नेबारे कुराकानी भएको थियो ।