ADVERTISING

Breaking News

सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउनुपर्छ : गृहमन्त्री थापा

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले विपदलाई सहि ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल सुखी नेपालीको अभिभारा पुरा गर्न सकिने बताएका छन् । २२ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउनुपर्ने बताए ।

उनले पूर्वाधार निर्माणमा नागरिकहरुलाई सचेत बनाउने सके सुख र समृद्धिको आधार निर्माण गर्ने बताए । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता राखेको बताए । उनले भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति बढि हुने गरेको बताए ।

पुस १५ गतेदेखि माघ १५ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प सम्बन्धी जनचेतना जगाइँदै छ । गृहमन्त्रालयले सातवटै प्रदेश, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७५३ वटै स्थानीय तहलाई भूकम्प सुरक्षा दिवस मनाउन निर्देशन दिएको छ । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो ।

leave a reply